सुन्दरहरैचा : गभर्नर सप्ताह सेवा अभियानको अन्तिम दिन सोमबार लायन्स क्लब अफ इटहरी ग्रीन सिटी तथा लियो क्लब अफ इटहरी ग्रीन सिटीको आयोजनामा बोटबिरुवा गोडमेल औजार वितरण तथा गोडमेल कार्यक्रम सम्पन्न गरिएको छ ।
मोरङको सुन्दरहरैचा–५ स्थित नयाँ वृन्दाबन गौशालामा आयोजित कार्यक्रममा बोटबिरुवा गोडमेल कार्य, गोडमेल तथा संरक्षण सामग्री (औजार) वितरण तथा वातावरणीय सचेतना सन्देश समावेश गरिएको हो ।
कार्यक्रमको अध्यक्षता क्लब अध्यक्ष शान्ता कोईरालाले गरेकि थिइन भने, प्रमुख अतिथिको रुपमा एरिया चिफ भोजराज दाहाल र एरिया कोर्डिनेटर टंक फुयेलको विशेष उपस्थिति रहेको थियो ।
यस अवसरमा उपस्थित वक्ताहरूले वातावरण संरक्षण र हरियाली प्रवद्र्धनका यस्ता साना तर प्रभावकारी कामहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका
लायन्स क्लब अफ इटहरी ग्रीन सिटीले सात दिनसम्म विविध सामाजिक सेवा कार्यक्रम सञ्चालन गर्दै गभर्नर सप्ताह सफलतापूर्वक सम्पन्न गरेको हो ।
प्रतिक्रिया