बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो

मंगलबार, २४ असार २०८२

काठमाडौं । चीनमा अविरल वर्षाको कारण भोटेकोशी नदीमा बाढी आउँदा रसुवाको गोसाईकुण्ड गाउँपालिका रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । आज बिहान अन्दाजी ३ः१५ बजे आएको बाढीले पुल बगाएको हो ।

त्यसैगरी, टिमुरेस्थित भन्सार यार्डमा बाढी पसेर केही मालबाहक कन्टेनर बगाएको छ । हालसम्म कुनै मानवीय क्षति भएको खबर प्राप्त भएको छैन । नदीमा पानीको बहाब अझै उच्च भएकोले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्णलाई सतर्क रहन आग्रह गरिएको छ ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार