रसुवा । चीनतर्फबाट आएको बाढीका कारण रसुवाको टिमुरे क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । आज बिहान आएको बाढीमा परी १५ जना बेपत्ता भएका छन् भने ९ जनाको सकुशल उद्धार गरिएको छ ।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार बेपत्ता हुनेमा तीन जना प्रहरी, ६ जना नेपाली कामदार, ४ जना चिनियाँ मजदुर र २ जना ड्राइभर रहेका छन् । बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल पनि बगाएको छ । बाढीले टिमुरेस्थित भन्सार कार्यालय परिसर (यार्ड)मा राखिएका गाडी बगाएको छ ।
प्रतिक्रिया