काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिशूली नदीको बीचमा फसेका दुई जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
बाढीमा फसेका एक महिला र एक पुरुषको नेपाली सेनाको टोलीले उद्धार गरेको हो ।
उनीहरु सिसौको रुखको आड लिएर बसेका थिए । हावा र पानीको बहावका कारण उद्धारमा कठिनाइ भएको थियो ।
प्रतिक्रिया