अपडेटः रसुवागढी नाकामा बाढीका कारण ३ प्रहरीसहित १२ नेपाली र ६ चिनियाँ गरी १८ जना बेपत्ता

मंगलबार, २४ असार २०८२

काठमाडौं । रसुवागढी नाकामा आएको बाढीका कारण १८ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयको प्रारम्भिक रिपोर्टअनुसार लेन्डेखोलामा आएको बाढीका कारण नेपाल प्रहरीका ३ जनासहित १२ नेपाली र ६ जना चिनियाँ नागरिक गरी १८ जना बेपत्ता भएका हुन् ।

बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ । पुल नहुँदा नेपाल र चीनबीचको सम्पर्क विच्छेद भएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बगेको पुलसम्म पुग्ने सडकहरू पनि बगाएका कारण मानिसहरू अलपत्र परेका छन् ।

बाढीले रसुवागढी भन्सार कार्यालय आसपासमा रहेको मालवाहक कन्टेनरहरू र गाडीहरू समेत बगाएको छ । रुसुवाको स्याफ्रुबेसीदेखि रसुवागढी नाकासम्मको बाटो समेत बन्द भएको छ । सुरक्षामा खटिएका सुरक्षाकर्मीहरू समेत हराइरहेको हुँदा क्षतिको पूर्ण विवरण आएको छैन।

अजैसम्म बाढिमा फसेका सबै सम्पर्कमा आउन नसकेको र उद्धारको क्रम जारी रहेकोले कति अहिलेसम्म अनुमान गरिएभन्दा बढि भएको हुनसक्ने जोखिम समेत रहेको सुरक्षा निकायले जनाएको छ । बाढीका कारण विभिन्न ठाउँमा फसेका एक नेपाल प्रहरी, एक सशस्त्र प्रहरी र अन्य ७ जना मानिसहरूलाई उद्धार गरिएको छ ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार