विराटनगर । मोरङ धनपालथानबाट २५ किलाग्रामभन्दा बढी गाँजासहित भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार धनपालथान गाउँपालिका–२ पैटामबाट भारत अररियाका २५ वर्षीय मोहमद ईर्सादलाई पक्राउ गरिएको हो । प्रहरी चौकी अमाहीवरियातीबाट खटिएको असई नवराज कार्की नेतृत्वको टोलीले सोमबार राति ईर्सादलाई पक्राउ गरेको चुँडालले बताइन् ।
नेपालबाट भारततर्फ जाँदै गरेको बीआर ३८ क्यू ५६८६ नम्बरको भारतीय मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरीले चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा ईर्सादले बोकेको जेब्रा झेलाभित्र २५ किलो २ सय ५० ग्राम गाँजा बरामद भएको प्रहरीको भनाइ छ ।
गाँजासहित पक्राउ परेका ईर्सादमाथि इलाका प्रहरी कार्यालय रंगेलीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया