धरान : उदयपुरको चौदण्डीगढी नगरपालिका–५ स्थित सिवाई त्रियुगा खोलाको भत्किएको पुल मुनी माछा मार्ने क्रममा बेपत्ता भएका एक युवकको शव फेला परेको छ।
हिजो (सोमबार) साँझ करिब ६ः५० बजे सोही नगरपालिका–६ काली खोला बस्ने २९ वर्षीय सुरज राई त्रियुगा खोलामा माछा मार्ने क्रममा बेपत्ता भएका थिए।
खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीबाट सशस्त्र प्रहरी निरीक्षक लेखजङ्ग कार्कीको कमाण्डमा ७ जनाको टोली ४ जना गोताखोर, २ जना डिजास्टर म्यानेजमेन्ट डिएम टोलीका सदस्य तथा १ जना चालकको टोली खोजीमा खटिएको थियो । सो टोलिले आज (मंगलबार) बिहान करिब १० बजे त्रियुगा खोला नजिकैबाट राईको सब फेला परेको सशस्त्र प्रहरी बराह बाहिनी मुख्यालयका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुधीर जङ्ग थापाले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया