नवनियुक्त न्यायाधीशहरूले गरे शपथ ग्रहण

मंगलबार, २४ असार २०८२

काठमाडौँ । सर्वोच्च अदालतमा तीन न्यायाधीशले शपथ लिएका छन् ।

मङ्गलवार नवनियुक्त न्यायाधीशहरू श्रीकान्त पौडेल, शान्तिसिंह थापा र मेघराज पोखरेलले शपथ ग्रहण गरेका हुन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले तीन न्यायाधीश नियुक्त गरेका थिए ।

मङ्गलवार सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नवनियुक्त न्यायाधीशहरू पौडेल, थापा र पोखरेलले शपथ ग्रहण गराएका हुन् ।

न्याय परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिबाट सोमबार अनुमोदन गरिएका उनीहरूलाई राष्ट्रपतिले नेपालको संविधानको धारा १२९(२) बमोजिम नियुक्त गरेका थिए ।

शपथ समारोहमा प्रधानन्यायाधीश सिंह राउतले नवनियुक्त न्यायाधीश जनताको लागि इमानदारिताका साथ खटिने आशा गरेको बताए । उनले थप ऊर्जाका साथ छिटोछरितो रूपले काम गर्ने पनि विश्वास व्यक्त गरे ।

‘न्यायिक सेवा छिटोछरितो प्रभावकारी बनाउन सरकारले दिएको दायित्व निर्वाह गर्नुपर्नेछ । संविधानले व्यवस्था गरेको २१ जना मध्ये अहिले हामी २० जना भएका छौँ । अब २० जनाले काम गर्दा परिणाम राम्रो आउनेछ । एकदमै ऊर्जावान् न्यायधीशहरुलाई नियुक्त गर्ने अवसर मिलेको छ ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार