सुख्खा बन्दरगाहमा पुगेको क्षतिको विवरण आउन बाँकी छ’ : मन्त्री भण्डारी

मंगलबार, २४ असार २०८२

काठमाडौँ । उद्योग, वाणिज्य तथा तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बाढीले रसुवाको टिमुरेमा निर्माणधीन सुख्खा बन्दरगाहमा पुगेको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको बताएका छन् ।

मन्त्रालयत प्रश्नोत्तरको उत्तर दिने क्रममा उनले रसुवामा आएको बाढीले निर्माणधीन सुख्खा बन्दरगाहमा पनि ठूलो क्षति पुर्याएको बताए। उनले भने, “उक्त बन्दरगाहमा झन्डै ७५ प्रतिशत काम सम्पन्न भइसकेको थियो । हाल क्षतिग्रस्त छ । चिनियाँ सरकारको सहयोगमा निर्माण भइरहेको थियो, कति क्षति भयो भन्ने विवरण अहिलेसम्म आएको छैन । उक्त बन्दरगाह पछि सञ्चालन गर्न फेरी चीन सरकारसँग आग्रह गर्नेछौँ ।”

गएराति रसुवामा आएको बाढीले त्यहाँ राखिएका विद्युतीय सवारी साधन बगाएको अनुमान गरिएको छभने बाढीमा १८ जना बेपत्ता रहेको बताइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार