काठमाडौं :सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेललाई काम गर्न रोक लगाउने मागसहित दायर भएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
न्यायाधीशहरू कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले मंगलबार अन्तरिम आदेश दिन अस्वीकार गर्दै मुद्दालाई प्राथमिकताका साथ हेर्ने आदेश दिएको छ।
गभर्नर नियुक्ति प्रक्रिया, योग्यता तथा राजनीतिक हस्तक्षेपसम्बन्धी प्रश्न उठाउँदै रिट दर्ता गरिएको थियो। तर अदालतले हाललाई गभर्नरलाई काम गर्न नदिने माग उचित नरहेको ठहर गर्दै तत्काल अन्तरिम आदेश नदिने निर्णय गरेको हो।
प्रतिक्रिया