ताप्लेजुङमा चट्याङ लागेर एक जनाको मृत्यु, १७ वर्षीय किशोर घाइते

बुधबार, २५ असार २०८२

 

ताप्लेजुङ : ताप्लेजुङकाे सिदिङ्वामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। 

चट्याङ लागेर घाइते भएका सिदिङ्वा गाउँपालिका–३ का राजकुमार लिम्बूको साब्लाखुस्थित स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको हो। पारिवारिक स्रोतका अनुसार मङ्गलबार साँझ घरमा बसिरहेका बेला चट्याङ लागेर उनी घाइते भएका थिए। उनलाई आफन्तले उपचारकाे लागि तत्काल स्थानीय स्वास्थ्य चौकीमा लगेका थिए।

त्यसैगरी, सिदिङ्वा गाउँपालिका–५ लिम्बूदिनका मिसन लिम्बू पनि चट्याङ लागेर घाइते भएका छन्। सत्र वर्षीय लिम्बूलाई मङ्गलबार साँझ  नै चट्याङ लागेको हो। उनको सोही स्वास्थ्यचौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार