उदयपुर । उदयपुरमा मंगलबार साँझ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पछाडि सवार युवती घाइते भएकी छन् ।
प्रहरीका अनुसार बोप्ताङबाट सोमबारेतर्फ जाँदै गरेको को ३८ प ९८७ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर बेलका नगरपालिका–८ मा साँझ ५ः४५ बजेतिर दुर्घटना भएको थियो । दुर्घटनामा परेर मोटरसाइकल चालक मोरङको बूढीगंगास्थित टंकीसिनवारी घर भएका ३२ वर्षीय अनिल राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा राति ८ः१० बजेतिर मृत्यु भएको जानकारी प्रहरीले दिएको छ । दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार भोजपुरको षडानन्द नगरपालिका–७ दिंलाकी १८ वर्षीया तुलसा कार्की घाइते भएकी छन् ।
प्रहरीका अनुसार अवस्था सामान्य रहेकी उनको उपचार भइरहेको छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया