बाढीले विद्युत् आयोजनाको पावर हाउस बगायो

बुधबार, २५ असार २०८२
साङ्केतिक तस्बिर

बागलुङ:  बागलुङको जैमिनी नगरपालिका– ९ पैयुँथन्थापस्थित कालुङ्खोले उपल्लो कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र पावरहाउस बगाएको छ ।

बुधबार बिहान आएको बाढीले आयोजनाको बाँधसँगै पावरहाउस बगाएको स्थानीयले बताएका छन् ।

बाढीले केन्द्रीय विद्युत् प्रसारण लाइनको ट्रान्सफर्मरमा पनि क्षति भएको छ । ट्रान्सफर्मरमा क्षति भएपछि पैयुँथन्थापका १३० घरमा बिजुली आपूर्ति बन्द भएको छ ।

पैयुँथन्थापको खरेयाबोटका दुई परिवार बाढीबाट विस्थापित भएका छन् । सात परिवार बाढीपहिरोको जोखिममा रहेको बताइएको छ ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार