‘हिजो रामकुमारी झाँक्रीले बोल्दा ताली पिट्नेहरू आज मुखमा पट्टी टाँस्न तम्सिए’

बुधबार, २५ असार २०८२

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले नेतृ रामकुमारी झाँक्रीमाथि नेकपा (एकीकृत समाजवादी)ले सोधेको स्पष्टीकरणमाथि व्यंग्य गरेका छन् । विगतमा झाँक्री बोल्दा ताली पिट्नेहरु नै आज मुखमा पट्टी बाँध्न तम्सिएको बाँस्कोटाको भनाई छ ।

यद्यपि, बाँस्कोटाले प्रकृतिको नियमअनुसार ‘जे रोप्यो त्यही नै फल्ने’ भन्दै विगत सम्झाएका छन् । एमालेमा रहँदा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध मनपरी बोल्दा ताली पिट्नेहरु नै आज पट्टी टाँस्न उचालिएको देख्दा उदेक लागेको उनको टिप्पणी छ ।

“जे रोप्यो त्यै फल्छ, प्रकृतिको नियम हो”, बाँस्कोटाले सामाजिक सञ्जालमा भनेका छन्, “हिजो केपी ओलीविरुद्ध राम कुमारी झाँक्रीले पार्टीमा व्यक्तिले विचार र प्रतिष्पर्धा गर्न पाउने भन्दा बढी बोल्दा नेपथ्य र कन्दराको गीतमा झुमेका दर्शकले झै ताली ठोक्ने समाजवादी हातहरु यति छिट्टै झाँक्रीको मुखमा पट्टी टाँस्न उचालिएको देख्दा उदेक छु ।”

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार