रसुवाको बाढीमा ज्यान गुमाएकामध्ये ८ जनाको शव पहिचानका लागि काठमाडौंमा, उद्धार जारी

बुधबार, २५ असार २०८२

काठमाडौं : मङ्गलबार रसुवामा आएको भीषण बाढीमा परेर मृत्यु भएका ९ जनामध्ये ८ जनाको शव काठमाडौं ल्याइएको छ। नेपाल–चीन सीमाक्षेत्रको भोटेकोसी केन्द्रित विनाशकारी बाढीले ठूलो जनधनको क्षति पु¥याएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेका अनुसार सबै शवहरूलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ। 

बाढीमा परेर मृत्यु भएका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव भने चितवनको त्रिशूली नदी किनार १५ किलो क्षेत्रबाट फेला परेको थियो।

उक्त शव श्रेष्ठकै भएको पुष्टि भएपछि परिवारको जिम्मा दिइएर आजै अन्त्येष्टि गरिएको प्रहरी स्रोतले जनाएको छ।

भेटिएका शवमध्ये ५ वटा सनाखतयोग्य छन् भने ४ वटा शव टुक्राटुक्रा अङ्गको रूपमा मात्र फेला परेको हुनाले डीएनए परीक्षण आवश्यक पर्ने प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार रसुवा बाढीमा परेर अहिलेसम्म १९ जना बेपत्ता छन् । बेपत्तामध्ये २ जना नेपाल प्रहरीका कर्मचारी, ६ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण रहेका छन्।

प्रहरीका अनुसार अलपत्र परेका नागरिकहरूको उद्धार कार्य समेत जारी छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार