धरान : धरान ८ अरुणटोलस्थित सुकुम्वासी बस्तीका बिरामी रोशन राईको परिवारलाई खाद्यान्न सहयोग प्रदान गरिएको छ । धरान १३ स्थित पुनर्जीवन केन्द्रमा कार्यरत अनिष गुरुङले करिब आठ हजार बराबरको खाद्यान्न सामग्री राईको निवासकै पुगेर हस्तान्तरण गरेका हुन् ।
दुई बोरा चामल, ७ किलो दाल, दुई किलो चिनी, दश लिटर खाने तेल, ५ किलो नुन, एक किलो हरियो मटर र ३ बण्डल बिस्कुट रोशन राईकी श्रीमती शान्ति तामाङलाई हस्तान्तरण गरेका थिए ।
मजदुर नेता भीमज्वाला राईका साथै प्रदेश खबरमा प्रकाशित समाचारपछि सहयोग प्राप्त भएको हो । दाउरा बेचेर घर चलाउने धरानका रोशनलाई अब चाहिएको छ जीवन दान शीर्षकको समाचार प्रकाशन भएको थियो ।
दाउरा बेचेर श्रीमती र एक छोरी पालिरहेका ४० वर्षीय रोशन राई वैशाखदेखि जण्डिस् र मिर्गौलामा पथरिया भएपछि जीवन मरणको दोसाँधमा छन् ।
चिकित्सकले कलेजो फेर्नुपर्छ १५ लाख जति खर्च हुन्छ भनेपछि आर्थिक अभावमा उनको थप उपचार हुन सकेको छैन ।
यो पनि :
प्रतिक्रिया