काठमाडौं : नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सोमबारदेखि ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा सुरु भएको छ ।
आगामी भदौ २० देखि २२ सम्म हुने महाधिवेशनका विषयमा केन्द्रित बैठक सुरू भए पनि सञ्चारकर्मीलाई भने प्रवेशमा रोक लगाइएको छ ।
बैठक स्थल च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान परिसरमा सञ्चारकर्मीलाई प्रवेश नदिइएको भन्दै असन्तुष्टि पोखिएको छ ।
फोटो पत्रकारसहित अन्य सञ्चारकर्मीलाई सडकछेउमै रोकेर बैठक स्थल नजिक जान दिइएको छैन । सडक किनारमा नै पर्चा टाँसेर सञ्चारकर्मीका लागि क्षेत्र निर्धारण गरिएको छ ।
बैठकस्थल वरपर सुरक्षाकर्मी परिचालन गरिएको छ भने केन्द्रीय सदस्यबाहेक अन्यलाई प्रवेश निषेध गरिएको छ ।
प्रतिक्रिया