दिक्तेलका मेयर तीर्थराज भट्टराई सत्याग्रहमा बस्दे

बुधबार, ०७ साउन २०८२

काठमाडौं : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका – १ का मेयर तीर्थराज भट्टराई यही साउन ११ गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा सत्याग्रहमा बस्ने भएका छन् ।

सरकारले स्थानीय स्रोत, सामग्री, उत्पादन प्रवर्द्धन तथा बजारीकरणका लागि कानुन त बनाएको तर त्यसको कार्यान्वयन नगरेको भन्दै उनले तीनदिने भोक हड्तालसहित सत्याग्रहको घोषणा गरेका हुन्।

भट्टराईले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै भने, "साउन ११ गते बिहान सिंहदरबारको दक्षिण गेटबाट शिर मुण्डन गरेर, मुखमा पट्टी बाँधेर, खाली खुट्टा बाँसको घनासहित माइतीघर मण्डला पुग्छु। त्यसपछि तीन दिनसम्म बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सत्याग्रहमा बस्नेछु।"

उनका अनुसार माग पुरा नभए साउन १४ देखि अनिश्चितकालीन आमरण अनसन सुरु हुनेछ। भट्टराईले यससम्बन्धी नगरसभाबाट समेत स्वीकृति लिइसकेको जानकारी दिएका छन्।

भट्टराई नेपाली कांग्रेसबाट निर्वाचित मेयर हुन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार