भोजपुरमा बाढीले धानबालीमा क्षति, किसान चिन्तित

विहीबार, ०८ साउन २०८२

भोजपुर : भोजपुरको कावा खोलासहितका आसपासका क्षेत्रमा बाढी खेतमा पसेपछि थन्काउने चरणको बर्खे (साउने) धानबालीमा क्षति पुगेको छ। सडक विस्तारका क्रममा नालीको उचित व्यवस्थापन नगर्दा सडकको पानी खेतमा पस्दा स्थानीय किसानको बाली नष्ट भएको हो।

रामप्रसादराई गाउँपालिका–५ का किसान विश्वराज तामाङका अनुसार, सडकमा जमेको पानी नालीमार्फत निकास नपाएपछि खेतमा पसेको र यसले धानबाली नष्ट गरिदिएको हो। 

बाढीले यस पटक कम्तीमा तीन जना किसानको बर्खे धानबालीमा क्षति पुर्‍याएको छ। 

“खेतीयोग्य जमिन वर्षेनि बाझिँदै गएको छ,” तामाङले थपे, “राज्यले किसानलाई प्रोत्साहन गर्न कार्यक्रम ल्याउनुका साथै संरचनागत समस्याको समाधानमा ध्यान दिनुपर्छ।”

कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार, जिल्लामा दुई नगरपालिका र सात गाउँपालिकासहित करिब १२ हजार ५० हेक्टर क्षेत्रमा धानखेती हुने गर्छ। तर, वर्षेनि बाढी, पहिरो र नाली अव्यवस्थापनजस्ता समस्याले उत्पादनमा असर पुर्‍याउँदै आएको किसानहरूको गुनासो छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार