इटहरी इन्टरनेशनल कलेजद्वारा १ करोडभन्दा बढीको छात्रवृत्ति वितरण

शुक्रबार, ०९ साउन २०८२

इटहरी : पूर्वी नेपालको प्रतिष्ठित आइटी शिक्षण संस्था इटहरी इन्टरनेशनल कलेजले उत्कृष्टता हासिल गर्ने ८७ जना विद्यार्थीलाई १ करोड ८ लाख ९५ हजार ५ सय रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरेको छ।

कलेज परिसरमा आयोजित विशेष समारोहबिच ती विद्यार्थीहरूलाई सम्मानसहित छात्रवृत्तिको चेक प्रदान गरिएको हो।

Untitled design (48)

स्नातक तहमा अध्ययनरत ती विद्यार्थीहरू तीन ‘ए’ ग्रेडसहित विशिष्टता हासिल गरेपछि छात्रवृत्तिका लागि छनोट भएका हुन्।

छात्रवृत्तिसहित सम्मानित हुने अवसर पाएका विद्यार्थीहरू, उनीहरूका अभिभावकहरू तथा कलेज परिवारका सदस्यहरूको उत्साहपूर्ण सहभागितामा कार्यक्रम सम्पन्न भयो।

कार्यक्रममा आइ.एन.जी ग्रुपका उपाध्यक्ष प्रकाश श्रेष्ठ, कलेजका अध्यक्ष लेखनाथ घिमिरे, प्रबन्ध निर्देशक बोधराज नेपाल, विराटनगर इन्टरनेशनल कलेजका प्रमुख गोविन्द थापा लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।

Untitled design (49)

कार्यक्रममा बोल्दै कलेजका प्रमुख कार्यकारी अधिकृत सत्यव्रत कोइरालाले आइटी क्षेत्रमा तीव्र प्रतिस्पर्धा बढिरहेको वर्तमान सन्दर्भमा दक्ष र नवप्रवर्तनशील जनशक्ति उत्पादन गर्ने कलेजको लक्ष्यबारे प्रकाश पारे।

उनले भने,“छात्रवृत्तिले विद्यार्थीमा उत्कृष्टता प्राप्त गर्ने प्रेरणा बढाउनेछ। प्रतिस्पर्धी वातावरणमा नेतृत्वदायी क्षमताका साथ अगाडि बढ्न हामी निरन्तर प्रयत्नशील छौँ।”

कार्यक्रमका प्रमुख अतिथि तथा आइ.एन .जी ग्रुपका उपाध्यक्ष प्रकाश श्रेष्ठले पछिल्लो समय देशमा ‘केही हुँदैन’ भन्ने निराशावादी सोच हाबी भएको बताउँदै त्यसलाई तोड्न यस्ता पहलले सशक्त सन्देश दिने बताए। उनले भने, “देशको शैक्षिक प्रणालीमा व्यापक सुधार आवश्यक छ। आइटी क्षेत्रमा सम्भावना र अवसरका ढोका सबैका लागि खुला छन्। आत्मविश्वासका साथ अगाडि बढ्नुस्।”

Untitled design (47)कलेज अध्यक्ष लेखनाथ घिमिरेले डिजिटल युगमा सूचना प्रविधिको महत्त्व झन् बढेको बताउँदै परिश्रम, लगनशीलता र प्रतिबद्धताले मात्र सफलता सम्भव हुने बताए।

उनले भने,“डिजिटल नेपाल निर्माणमा हाम्रो कलेजको उल्लेखनीय योगदान होस् भन्ने हाम्रो उद्देश्य हो। त्यसका लागि यस्ता छात्रवृत्ति कार्यक्रम अपरिहार्य छन्।”

इटहरी इन्टरनेशनल कलेजले सन् २०१७ देखि सूचना प्रविधि,तथा उद्यमशीलता शिक्षामा  राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका लागि दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको छ।

IMG_2465

आधुनिक प्रयोगशाला,अन्तर्राष्ट्रिय पाठ्यक्रम,अनुभवी प्राध्यापक र इनोभेसन केन्द्रमार्फत कलेजले पूर्वी नेपालमा उच्च शिक्षामा नवीनतम आयाम थपेको छ।

छात्रवृत्तिबाट सम्मानित विद्यार्थीहरूले पनि आफ्ना अनुभव सुनाउँदै परिश्रम, समर्पण र आत्मविश्वासले भविष्यमा अझ उज्यालो अवसर सिर्जना गर्ने प्रेरणा मिलेको प्रतिक्रिया दिएका थिए।

सहभागीहरूले कलेजको यस्तो पहलले विद्यार्थीको आत्मबल बढाउने मात्र होइन, क्षेत्रीय शैक्षिक उत्कृष्टताको उदाहरण पेस गरेको उल्लेख गरे। प्रेरणा, प्रोत्साहन र प्रतिस्पर्धामा विश्वास राख्ने इटहरी इन्टरनेशनल कलेजको यो छात्रवृत्ति कार्यक्रम पूर्वी नेपालको शैक्षिक क्षेत्रमै नयाँ र सशक्त हस्ताक्षर बनेको छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार