काठमाडौं । भैरहवाको मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष अशोक के.सी. पक्राउ परेका छन् । दोलखाको मेलुङ गाउँपालिक–६ घर भएका ३४ वर्षीय अध्यक्ष भक्तपुरबाट पक्राउ परेका हुन् ।
उक्त सहकारीले बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार १६५ रुपैयाँ अपचलन गरेको आरोप छ । उक्त सहकारीका अध्यक्षसहितका व्यक्तिविरुद्ध २० वैशाख २०८१ मा पक्राउ पुर्जी जारी भएको थियो ।
प्रतिक्रिया