सुनसरीबाट १२८ किलो गाँजासहित अटो बरामद

शनिबार, १७ साउन २०८२

सुनसरी :  सुनसरीको बर्जु गाउँपालिका–३ स्थित भित्री सडक खण्डबाट प्रहरीले १२८ किलोभन्दा बढी गाँजासहित एक अटो बरामद गरेको छ। लागूऔषध लुकाइएको अटो बर्जुबाट विराटनगरतर्फ गइरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार विशेष सूचनाको आधारमा साउन १६ गते साँझ ७:४० बजे अमडुवा प्रहरी चौकीबाट खटिएको टोलीले कैसलिया खोलाको आसपासमा चेकजाँच गर्ने क्रममा को.२ ह. १५१४ नम्बरको अटो रोकेको थियो। अटो चालक चेकिङ टोलीलाई देख्न साथ उखुबारी तर्फ भागेर फरार भएको प्रहरीले जनाएको छ । हाल फरार रहेका ती चालकको खोजी कार्य तीव्र पारिएको छ।

बरामद अटो भित्र ५ वटा जेब्रा झोलाभित्र लुकाइएको अवस्थामा १२८ किलो ४५० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।  बरामद अटो र गाँजालाई हाल इलाका प्रहरी कार्यालय दुहबीमा राखिएको छ भने घटनाको अनुसन्धान पनि सोही कार्यालयमार्फत अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार