काठमाडौँ । भारतको झारखण्डका पूर्व मुख्यमन्त्री शिबु सोरेनको निधन भएको छ । उनका छोरा तथा झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनले शिबु शोरेनको निधन भएको जानकारी दिएका हुन् ।
उनले भनेका छन्- 'आदरणीय दिशाम गुरुजीले हामी सबैलाई छोडेर जानुभएको छ। आज म शून्य भएको छु...'
८१ वर्षीय शिबु लामो समयदेखि अस्पतालमा नियमित उपचार गराइरहेका थिए । शिबु सोरेन विगत ३८ वर्षदेखि झारखण्ड मुक्ति मोर्चाका नेता थिए र पार्टीका संस्थापक संरक्षकको रूपमा चिनिन्छन्। शोरेन २००६ मा भारतको केन्द्रमा कोल मन्त्री बनेका थिए भने २००८ देखि २०१० सम्म झारखण्डको मुख्यमन्त्री रहेका थिए ।
प्रतिक्रिया