उत्तराखण्ड बाढीमा १७ नेपाली बेपत्ता, खोजी तथा उद्धार जारी

विहीबार, २२ साउन २०८२
File Photo

भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा परेर कम्तिमा १७ नेपाली नागरिक बेपत्ता भएका छन्। बर्दिया र जाजरकोटका १३ जना सम्पर्कविहीन छन् भने ४ जना मधुवन नगरपालिकाका नेपाली पनि बेपत्ता भएको पुष्टि भएको छ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार केही घाइते नेपालीको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।

जाजरकोटको कुशे गाउँपालिकाले बेपत्ताहरूको खोजीका लागि संघीय र प्रदेश सरकारसँग कूटनीतिक पहल गर्न आग्रह गरेको छ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतीय पक्षसँग खोजी र उद्धारमा समन्वय गरिरहेको जनाएको छ।

बुधबारको बाढीबाट १०० भन्दा बढी व्यक्ति बेपत्ता छन् भने ५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। उत्तरकाशीको धराली बजारमा सबैभन्दा बढी क्षति भएको छ।

उद्धार कार्य जारी छ भने हालसम्म १९० जनालाई उद्धार गरिएको उत्तराखण्डका मुख्यमन्त्रीले जनाएका छन्।

-अनलाईनखबरको सहयोगमा 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार