करेन्ट लागेर सप्तरीमा किसानको मृत्यु

शुक्रबार, २३ साउन २०८२

 सप्तरी  — आज बिहान करेन्ट लागेर सप्तरीको रुपनी गाउँपालिका–३ कटैयामा एक व्यक्तिको ज्यान गएको छ । 

करेन्ट लागेर स्थानीय शम्भुकुमार इसरको मृत्यु भएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

करेन्ट लागेको उनको घटनास्थलमै ज्यान गएको छ । ४२ वर्षीय गाउँकै धान खेतमा लगाइएको विद्युत् मोटर खोल्ने क्रममा त्यहाँ रहेको नाङ्गो तारमा छुँदा इसरलाई करेन्ट लागेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार