१ लाख १० हजार धरौटीमा रिहा भए चक्रे मिलन

शुक्रबार, ३० साउन २०८२

भक्तपुर : भक्तपुर जिल्ला अदालतले गुण्डा नाइके भनिने चक्रे मिलनलाई धरौटीमा छाड्न शुक्रबार आदेश दिएको छ।

ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा शुक्रबार अदालतले उनलाई १ लाख १० हजार रुपैयाँ धरौटी मागेको अदालतले जानकारी दिएको छ।

अदालतको आदेशपछि धरौटी बुझाएर उनी रिहा हुनेछन्। गत वर्षको भदौ १० गते दिव्यश्वरी टाउन प्लानिङस्थित एक रेस्टुरेन्टमा मनिष रायमाझीमाथि खुकुरी प्रहार भएको घटनामा चक्रे मिलन सहभागी रहेको दाबीसहित उनीबिरुद्ध कर्तव्य ज्यान मुद्दा दायर भएको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार