हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकारलाई पूर्णता दिएका छन् ।
बानियाँले आज पाँचजना मन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री बानियाँले यसअघि साउन २८ गते आठजना मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका थिए ।
आज सामाजिक विकास मन्त्रीमा कञ्चनचन्द्र बादे, आर्थिक मामिला तथा योजना मन्त्रीमा प्रभात तामाङ, युवा तथा खेलकुद मन्त्रीमा उर्मिला केसी नेपाल, संस्कृति तथा पर्यटन मन्त्रीमा सुरेश श्रेष्ठ र सहकारी तथा गरिबी निवारण मन्त्रीमा बिनु रायमाझी पौडेललाई नियुक्त भएका हुन् ।
नियुक्त भएका सबै काँग्रेसका हुन् ।
प्रतिक्रिया