नारायणगढ–मुग्लिन सडक पुनःअवरुद्ध

आइतबार, ०१ भदौ २०८२
तस्बिर : फाइल

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खसेको छ । इच्छाकामना गाउँपालिका–५ तुइँनखोला नजिकै आज बिहान ९ः३० बजे आसपासमा पहिरो खस्दा पूर्ण रुपमा अवरुद्ध भएको हो ।

आज बिहान ४:२० बजे खसेको पहिरो पन्छाएसँगै बिहान ८ बजेदेखि सडकमा यातायात सञ्चालनमा आएको थियो । त्यसलगत्तै सोही स्थानमा फेरि पहिरो खस्दा यातायात सञ्चालन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।

अहिले पहिरो पन्छाउने काम भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार