ग्रेस इन्टरनेशनलद्वारा ‘एडुभर्स २०२५’ एजुकेसन फेयर घोषणा

मंगलबार, १० भदौ २०८२

काठमाडौँ : शिक्षा तथा माइग्रेसन सेवामा सन् २००७ देखि सक्रिय ग्रेस इन्टरनेशनलले आफ्नो वार्षिक प्रमुख एजुकेसन फेयर “एडुभर्स २०२५” को घोषणा गरेको छ।

यो फेयर भदौ १३ देखि २८ गतेसम्म नेपालका ७ प्रमुख शहरहरू – काठमाडौँ (बागबजार), बुटवल, चितवन, विराटनगर, इटहरी, पोखरा र बागलुङमा आयोजना हुनेछ।

फेयरमा अस्ट्रेलिया, बेलायत, अमेरिका, क्यानडा र न्यूजिल्याण्डका ५० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरू प्रत्यक्ष सहभागी हुनेछन्।

विद्यार्थी तथा अभिभावकहरूले विश्वस्तरीय शैक्षिक अवसरहरूको बारेमा प्रत्यक्ष जानकारी लिन सक्नेछन्। कार्यक्रम प्रत्येक दिन बिहान १० बजे देखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ।

फेयरका मुख्य आकर्षण

विश्वविद्यालय तथा कलेज प्रतिनिधिसँग व्यक्तिगत एक–एक परामर्श

१०० प्रतिशतसम्म छात्रवृत्तिको अवसर

अन द स्पट एड्मिसन सुविधा

निःशुल्क प्रोफाइल मूल्याङ्कन

सहभागीहरूका लागि अतिरिक्त सुविधा

निःशुल्क प्रवेश

आईईएलटीएस/पिटिई कक्षामा ५० प्रतिशत छात्रवृत्ति

निःशुल्क अङ्ग्रेजी दक्षता टेस्ट भौचर

विशेष स्मृति सामग्री वितरण

यस अवसरमा, ग्रेस इन्टरनेशनल ग्रुपका सह–निर्देशक एन्ड्र्यू पौडेलले भने, “ग्रेस इन्टरनेशनलले पछिल्ला १८ वर्षमा २५,००० भन्दा बढी विद्यार्थीलाई शैक्षिक तथा व्यावसायिक लक्ष्य हासिल गर्न मार्गदर्शन गरेको छ।

एडुभर्स २०२५ ले नेपाली विद्यार्थी तथा अभिभावकलाई विश्वस्तरीय शैक्षिक संस्थासँग प्रत्यक्ष सम्पर्क गर्ने उत्कृष्ट अवसर प्रदान गर्नेछ, जसले उनीहरूलाई भविष्यका लागि सूचित र सही निर्णय लिन सहयोग पुर्‍याउनेछ।”

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार