नौ महिना गर्भमा भारी बोकेर,
यो दुनियाँ हेर्न लगायौँ ।
तिम्रो स्वर्ग जस्तो काखमा,
राखेर मलाई सुत्न लगायौ ।
मेरो निम्ति भनेर सानोमा,
दूधको धारा बगायौँ ।
यो सुन्दर धर्तीमा मलाई,
ताते, ताते हिँड्न सिकायौ ।
हातमा खाना बोकेर को खाई को खाई गर्दै
आमा मलाई खुवायौँ
मैले नराम्रो बाटो रोजे,
सम्झाउँदै सही बाटो हिँड्न लगायौँ ।
आधा रातमा म उठ्छु कि भनेर
झसङ्ग झसङ्ग बिउँझियौँ ।
सुत्न नसक्दा तिमीले मलाइ काखमा,
राखेर हातले मेरो शिर ढाकेर मलाइ सुत्न लगायौँ
खाना अगाडी हुन्छ, अनि आउँछ तपाईँको हातको याद,
अनि सम्झिन्छु, म तपाईँको त्यो न्यानो साथ
निन्द्राले छोड्छ रातमा अनि खोज्छु तपाईँको काख,
तर केवल भेट्छु त साथीको हात ।।
ढिलो घर आउँदा कहाँ गयौ छोरा भन्ने मेरी आमा
चोट लाग्दा के भयो भन्ने भेरी प्यारी आमा
आज सात समुन्द्र पारी मेरै खुसीका निम्ति पसिना बगाउँदै छिन् ।
चाडपर्व आउँदा छोराछोरीको यादमा रातभरि छटपटिँदै रात कटाउँदै छिन् ।
मैलै गल्ती गरे त
समाजले नराम्रो सोचे,
तर आमाले मात्र मलाइ सम्झाएर रोजे ।।
यदि म बाट गल्ती भए
दैव मलाइ सजाए देऊ ।
तर मेरी आमाको लागि स्वर्ग
भन्दा प्यारो ठाउँ खोजिदेऊ ।।
मन्दिरमा पूजा गर्छु
सुरुमा लिएर तपाईँकै नाम
हे भगवान बिन्ती गर्छु
कि म सबै जन्म मेरी आमाकै कोखबाट धर्तीमा टेक्न पाम ।।
सबैभन्दा अमूल्य हुन मेरी आमा
उहाँ जस्तो पाउँदा खुसी छु म मेरो जिन्दगीमा ।।
रिवस राई
पाथीभरा इङ्लिस बोर्डिङ स्कुल
कक्षा -९,इटहरी सुनसरी
प्रतिक्रिया