रास्वपाका केन्द्रीय सदस्य डा.अरनिको पाँडे पक्राउ, यस्तो छ कारण

बुधबार, ११ भदौ २०८२

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य डा. अरनिको पाँडे सामाजिक सञ्जालमार्फत महिलामाथि गालीगलौज गरेको आरोपमा पक्राउ परेका छन्।

साइबर ब्युरोले बुधवार साँझ उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पीडित महिलाले पाँडेविरुद्ध उजुरी दिएपछि उनी ब्युरोमा हाजिर भएका थिए। त्यही क्रममा उनलाई पक्राउ गरिएको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए।

एसपी अवस्थीका अनुसार बुधवार साँझ अदालत लैजाने समय नभएकाले पाँडे अहिले ब्युरोको हिरासतमा रहेका छन्। उनलाई भोलि अदालतमा पेस गरिने प्रहरीले जनाएको छ।

२०७९ सालमा रास्वपा प्रवेश गरेका पाँडे २०८० सालमा राष्ट्रिय योजना आयोगको सदस्यसमेत नियुक्त भएका थिए।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार