झापामा ट्रक र मोटरसाइकल ठोक्किँदा २२ वर्षीय युवकको मृत्यु

बुधबार, २१ मंसिर २०७९
झापामा ट्रक र मोटरसाइकल ठोक्किँदा २२ वर्षीय युवकको मृत्यु भएको छ । कन्काई नगरपालिका–८ मा मा बुधबार बिहान भएको दुर्घटनामा मोटरसाइकल चालक बिर्तामोड नगरपालिका १ का २२ वर्षीय ओमप्रकाश राउतको मृत्यु भएको हो । मृतक राउतको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय घैलाडुब्बाले जनाएको छ । दुवै सवारीसहित ट्रक चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार