विराटनगर । विराटनगरको अरनिको बोर्डिङ्ग स्कूलका राजबहादुर कुँवर र कमला कुवँरको सम्मानमा स्थापना गरिएको ‘कमला–राजबहादुर कुँवर सामाजिक सेवा गुठी’ ले विभिन्न विधामा २०७९ सालका पुरस्कार घोषणा गरेको छ ।
विभिन्न विषय र क्षेत्रमा विशिष्ट योगदान पुर्याउने निम्न स्रष्टा तथा व्यक्तित्वहरूलाई प्रदान गर्ने निर्णय गरिएको हो ।
२५ हजार राशीको कमला राजबहादुर कुँवर साहित्य पुरस्कार साहित्यकार इन्द्रकुमार श्रेष्ठ ‘सरित’ लाई दिइने भएको छ ।
यस्तै १५ हजार राशीको कमला राजबहादुर कुँवर शिक्षासेवा पुरस्कार शिक्षासेवी सर्वाणी भट्टाचार्यलाई प्रदान गरिने भएको छ ।
यसैगरी ११ हजार राशीको कमला राजबहादुर कुँवर खेलकुद पुरस्कार प्रशिक्षक विकेन थापालाई दिइने भएको छ ।
११ हजार राशीको ० कमला राजबहादुर कुँवर शिक्षा पुरस्कार अनुपम कोइरालालाई दिइने छ भने ११ हजार राशीकै कमला राजबहादुर कुँवर साहित्य पुरस्कार साहित्यकार हरिप्रसाद बराललाई प्रदान गरिने भएको छ ।
गुठीका अध्यक्ष दिनेशराज सुवेदी (दिङ्लाली कान्छो) को अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले गरेको ती पुरस्कारबारे निर्णय गरेको हो ।
राष्ट्रिय, अन्तराष्ट्रिय स्तरमा ख्याति कमाएका तथा अरनिको विद्यालयमा लामो समयसम्म सेवा प्रदान गर्ने र सोही विद्यालयमा अध्ययन गरेर उच्च शिक्षा हासिल गर्ने क्रममा स्वर्ण पदक प्राप्त गरेका छात्र छात्रालाई पुरस्कृत तथा सम्मानित गरिने भएको छ ।
गुठीका सचिव खगेन्द्र लामिछानेका अनुसार गुठीको छैठौ संस्करणको पुरस्कार वितरण कार्यक्रम वैशाख १५ गते शुक्रबार एक समारोहकाबीच सम्पन्न हुने छ ।
प्रतिक्रिया