विराटनगर किंग्सको कन्सर्ट हुदै, नितेश जंग कुवर आउने

मंगलबार, १७ भदौ २०८२

विराटनगर किंग्सको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा आगामी भदौ २१ गते सांगीतिक कार्यक्रम हुने भएको हो।

कन्सर्टमा युवामाझ लोकप्रिय गायक नितेश जंग कुवर प्रस्तुत हुनेछन्। कार्यक्रम विराटनगरको जैन भवनमा हुनेछ साथै अन्य स्थानीय कलाकार सुभम एण्ड द ब्याण्ड साथै मृतुन्जयको समेत उपस्तिथी रहनेछ । कार्यक्रमको टिकट २ सय रुपैया राखिएको छ भने विराटनगर किंग्सको जर्सी लगाएर आए निशुल्क प्रवेशको प्रबन्ध मिलाइएको छ  । कार्यक्रम बेलुकी ४:३० बजे सुरु हुनेछ  ।

विराटनगर किंग्सका अनुसार उक्त कार्यक्रममा कोशी प्रदेशका बिभिन्न सहरबाट समर्थकहरुको  सहभागिता रहनेछ। “कोशीको शान, हाम्रो पहिचान” भन्ने नारासहित विराटनगर किंग्सले यस संस्करणमा कोशी प्रदेशको प्रतिनिधित्व गरिरहेको छ।

क्यानले यसअघि घोषणा गरेअनुसार, एनपीएलमा आठ टिम सहभागी हुने छन् भने प्रतियोगिता मङ्सिरमा सुरु हुने तय भएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार