राष्ट्रियसभाबाट निजामती सेवा विधेयक पारित

मंगलबार, १७ भदौ २०८२

काठमाडौं : बहुप्रतिक्षित सङ्घीय निजामती सेवा विधेयक, २०८० राष्ट्रियसभाबाट पारित भएको छ ।

आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । अध्यक्ष नारायणप्रसाद दाहालले उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरे ।

संवैधानिक व्यवस्थाअनुसार आज नै विधेयक पारित गर्नुपर्ने अन्तिम समयसीमा थियो । मन्त्री न्यौपानेले यसलाई “संघीयताको मर्मअनुसार कर्मचारी व्यवस्थापन गर्ने ऐतिहासिक कदम” भएको बताइन् । 

विधेयकमाथि छलफलमा सांसदहरू गोपीबहादुर सार्की अछामी, गोपाल भट्टराई, राधेश्याम पाश्वान, पद्मबहादुर परियार, विष्णुबहादुर विश्वकर्मा, रेणु चन्द, कृष्णबहादुर रोकाया र मायाप्रसाद शर्माले धारणा राखेका थिए । 

विधेयकअनुसार अब अनिवार्य अवकाश उमेर क्रमशः पहिलो वर्ष ५८, दोस्रो वर्ष ५९ र तेस्रो वर्षदेखि ६० वर्ष लागू हुनेछ ।

राष्ट्रियसभाबाट पारित भएको विधेयक अब पुनः प्रतिनिधिसभामा जानेछ । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार