काठमाडौं : नयाँ बानेश्वर क्षेत्रमा जारी जेनजीहरूको प्रदर्शन नियन्त्रणबाहिर गएपछि सरकारले कर्फ्यू आदेश जारी गर्दै सेना समेत परिचालन गरेको छ।
सोमबारदेखि सुरु भएको जेनजीहरूको आन्दोलन मंगलबार थप उग्र बनेपछि संसद् भवनभित्रसम्म प्रदर्शनकारी छिरेका थिए। निषेधित क्षेत्र तोड्दै संसद् भवन प्रवेश भएपछि प्रशासनले तत्काल कर्फ्यू लगाएको हो।
स्थिति नियन्त्रणमा लिन प्रहरीसँगै सेनासमेत परिचालन गरिएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
जेनजी पुस्ताले सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, बढ्दो भ्रष्टाचार, बेथिति, तथा राजनीतिक नेताहरू र उनीहरूका छोराछोरीहरूको बिलासी जीवनशैलीविरुद्ध आन्दोलन थालेका हुन्।
बानेश्वर र आसपासका क्षेत्रमा हाल उच्च सुरक्षा सतर्कता अपनाइएको छ भने कर्फ्यू आदेश जारी रहेसम्म सर्वसाधारणलाई बाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ।
प्रतिक्रिया