काठमाडौं : जेनजी आन्दोलन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यू क्षेत्र विस्तार गरेको छ।
यसअघि बानेश्वर–तीनकुने क्षेत्रलाई मात्र कर्फ्यू क्षेत्र तोकेको प्रशासनले पछि राष्ट्रपतिको कार्यालय शीतल निवास, उपराष्ट्रपतिको कार्यालय लैनचौर, नारायणहिटी दरबार संग्रहालय र सिंहदरबार परिसरसमेतलाई कर्फ्यू क्षेत्रमा समेटेको हो।
प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशअनुसार आज दिउँसो १ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यू जारी गरिएको छ।
प्रशासनले कर्फ्यू अवधिभर सर्वसाधारणलाई तोकिएको क्षेत्रभित्र नहिँड्न आग्रह गरेको छ भने सुरक्षा निकायलाई कडाइका साथ कर्फ्यू कार्यान्वयन गर्न निर्देशन दिएको छ।

प्रतिक्रिया