काठमाडौं : जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागी घाइते भएका एकजनाको उपचारको क्रममा मृत्यु भएको छ।
नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचाररत अवस्थामा उनको मृत्यु भएको अस्पतालका निर्देशक मोहन रेग्मीले जानकारी दिएका छन्। रेग्मीका अनुसार हाल ७०–८० जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ।
मृतकको परिचय भने सार्वजनिक गरिएको छैन।
प्रदर्शन उग्रिँदै गएपछि नयाँबानेश्वर क्षेत्रमा प्रहरीले गोली चलाएको थियो। त्यसपछि प्रदर्शनकारी र सुरक्षा निकायबीच झडप बढ्दै गएको छ।
प्रतिक्रिया