काठमाडौं : काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि भएको जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागी मृत्यु हुनेको संख्या दुई पुगेको छ।
सोमबार भ्रष्टाचारलगायत मुद्दाविरुद्ध जेनजी पुस्ताले सुरु गरेको प्रदर्शन उग्रिँदै गएपछि प्रहरीले बल प्रयोग गरेको थियो।
मृतकमध्ये एकजनाको पहिचान खुलेको छ। धनकुटा घर भएका करिब ३५–४० वर्षीय पारुहाङ उथुमी राईको मृत्यु भएको पुष्टि भएको प्रहरीले जनाएको छ।
प्रहरीका एक उच्च अधिकृतका अनुसार उपचाररत अवस्थामा थप एकजनाको सिभिल अस्पतालमा मृत्यु भएको छ। यसअघि मृत्यु भएका एकजनाको पहिचान भने अझै खुल्न बाँकी छ।
प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले रबरको गोलीदेखि गोलीसमेत प्रयोग गरेपछि स्थिति झनै तनावग्रस्त बनेको छ।
प्रतिक्रिया