काठमाडौंमा एम्बुलेन्स वितरण पुनः सुरु, पहिलो चरणमा ३५ गाउँपालिकालाई

आइतबार, ०५ असोज २०८२

काठमाडौं : रोकिएको एम्बुलेन्स वितरण कार्य फेरि सुरु गर्दै काठमाडौं महानगरपालिकाले पहिलो चरणमा ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्ने भएको छ ।

काठमाडौं महानगरका मेयर बालेन शाहले मंगलबार (२०७९ असोज ७) बाट यो अभियान पुनः सुरु हुने जानकारी दिँदै स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न महानगर प्रतिबद्ध रहेको बताए ।

उनका अनुसार गत वर्षदेखि विभिन्न कारणले रोकिएको एम्बुलेन्स वितरण कार्यलाई फेरि अघि बढाइएको हो । उनले भने, “एम्बुलेन्स वितरणका लागि पारदर्शी मापदण्ड बनाएका छौं । स्वास्थ्य सुविधा अभावमा पछडिएका ठाउँलाई प्राथमिकता दिइएको छ ।”

मेयर शाहले स्वास्थ्य सेवा सबै नेपालीको आधारभूत अधिकार भएको उल्लेख गर्दै देशका दुर्गम भूभागमा जीवन बचाउनु सबैको कर्तव्य रहेको बताए । “यो मात्र सुरुवात हो । कसैले स्वास्थ्य सेवाको अभावमा जीवन गुमाउन नपरोस् भन्ने हाम्रो लक्ष्य हो,” उनले जोड दिए ।

महानगरले पालिका छनोटका मापदण्डमा दुर्गमता, स्वास्थ्य पूर्वाधारको अवस्था र आवश्यकता प्राथमिकता बनाएको छ । पहिलो चरणमा ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण भए पनि यो अभियानलाई निरन्तरता दिइने महानगरले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार