काठमाडौं : जेनजी आन्दोलन हाइज्याक गरिएको भन्दै प्रधानमन्त्री शुसीला कार्कीलाई भेट्न सिंहदरबार पुगेका आन्दोलनका घाइतेहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रधानमन्त्रीलाई भेट्ने प्रयासमा पुगेका घाइतेहरू आक्रोशित भएपछि प्रहरीले हस्तक्षेप गरी पक्राउ गरेको हो । उनीहरूले हामी नेपालका संयोजक सुदन गुरुङमाथि समेत नाराबाजी गरेका थिए ।
घाइतेहरूले आन्दोलनका शहीद र घाइतेहरूको अपमान हुने गतिविधि सह्य नहुने चेतावनी दिँदै सुदन गुरुङलाई जेनजी पुस्ताको नेता मान्न नसकिने बताएका छन् । सुदन गुरुङको नाम लिएर होहल्ला सुरु गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रतिक्रिया