सुदन गुरुङको आह्वान- अब हिंसा होइन, बुद्धिमत्ताले नेतृत्व गरौँ

शनिबार, ११ असोज २०८२

काठमाडौँ : आफूलाई ‘जेन जी लिडर’ दाबी गर्ने सुदन गुरुङले देशमा बढ्दो निराशा र आक्रोशलाई सम्बोधन गर्दै हिंसा र तोडफोडको बाटो नअपनाउन युवाहरूलाई आग्रह गरेका छन्।

गुरुङले सामाजिक सञ्जालमार्फत वर्तमान अवस्थामा भावना तीव्र रहेको र धेरैले निराशा महसुस गरेको स्वीकार गर्दै, “तर हिंसा वा कसैको घरलाई निशाना बनाउनु समाधान होइन,” भन्दै स्पष्ट पारेका छन्। यस्ता विनाशकारी कार्यहरूले देशलाई अझ ठूलो क्षति पुर्‍याउने र आफूहरूले खोजेको सकारात्मक परिवर्तनलाई ओझेलमा पार्न सक्ने उनको भनाइ छ।

उनले युवाहरूको शक्तिलाई सही दिशामा प्रयोग गर्न आह्वान गर्दै भनेका छन्, “हामीसँग पहिले नै निर्वाचनको मिति तोकिएको छ। त्यो नै हाम्रो शक्ति, हाम्रो एकता, र हाम्रो दृष्टि देखाउने अवसर हो।

त्यसैले शान्तिपूर्ण तरिकाले, अनुशासनका साथ र साहसका साथ त्यस दिनको तयारीमा हाम्रो ऊर्जा प्रयोग गरौँ।”

गुरुङले युवा आन्दोलनको मूल मर्म आशा, एकता र निर्माण भएको बताएका छन्। उनले देशलाई देखाउनुपर्ने सन्देश स्पष्ट पार्दै भनेका छन्, “हाम्रो आन्दोलन आशाको हो, घृणाको होइन। निर्माणको हो, विनाशको होइन।”

उनले जेन जेड पुस्तालाई क्रोधले होइन, बुद्धिमत्ताले नेतृत्व गर्न सक्ने प्रमाणित गर्न आह्वान गरेका छन्।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार