बराहक्षेत्रमा ब्लड क्यान्सर पीडितलाई सहयोग रकम हस्तान्तरण

सोमबार, १३ असोज २०८२

इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–३, नडाहाकी धनमाया पुरीको उपचारका लागि सङ्कलित रकम हस्तान्तरण गरिएको छ ।

पुरीलाई उपचारमा सहयोग गर्ने उद्देश्यले सङ्कलन भएको ४ लाख ६५ हजार ५ सय ३५ रुपैयाँ आइतबार बिरामीका छोरा अङ्कुर पुरीलाई  हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा स्थानीयवासीको समेत उपस्थिति थियो ।

धनमायाका भाइ विचारी पुरीले समस्या सार्वजनिक गरेपछि सञ्चारकर्मी दीपक पुरीको पहलमा गाउँघरका बासिन्दादेखि विदेशमा रहेका नेपालीसम्मले सहयोग जुटाएका हुन् ।

सहयोग रकम बुझाउने क्रममा सञ्चारकर्मी पुरीले भने, “मैले समस्या देखाउने काम मात्र गरेको हो, सहयोग गर्ने काम छिमेकीदेखि विदेशमा पसिना बगाइरहेका नेपालीले गर्नुभएको हो । उनले सहयोगी सबैप्रति आभार व्यक्त गरे ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार