अविरल वर्षापछि बाढी–पहिरो : सरकारले मृतक परिवारलाई तत्काल २ लाख राहत दिने

सोमबार, २० असोज २०८२

काठमाडौँ : लगातारको अविरल वर्षाका कारण उत्पन्न बाढी र पहिरोमा ज्यान गुमाएका व्यक्तिहरूका परिवारलाई सरकारले राहतस्वरूप दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मृतक परिवारलाई तत्काल २ लाख रुपैयाँ उपलब्ध गराउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ। साथै, घाइतेको उपचार निःशुल्क गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई आदेश पनि जारी गरिएको छ।

प्राधिकरणले अवरुद्ध सडक, खानेपानी, विद्युत् र सञ्चार सेवा पुनः सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

drr_minuteयसअघि नै बैठकले प्रभावितहरूको तत्काल उद्धार, स्वास्थ्य संस्थामा निःशुल्क उपचार, राहत वितरण, स्थानान्तरण र पुनर्स्थापना गर्ने जिम्मेवारी स्थानीय प्रशासनलाई दिएको थियो।

प्राधिकरणका अनुसार, “सुरक्षा र आधारभूत आवश्यकताहरू सुनिश्चित गर्नु हाम्रो प्राथमिकता हो। प्रभावित सबै परिवारलाई छिटो राहत पुर्‍याउन सबै निकाय सक्रिय छन्।”

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार