झुम्का कारागारबाट फरार कैदी उदयपुरमा मृत फेला

मंगलबार, २१ असोज २०८२

उदयपुर :  जेन–जी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका एक कैदी उदयपुरमा मृत अवस्थामा फेला परेका छन्।

कर्तव्य ज्यान मुद्दामा आजीवन कारावास सजाय भोगिरहेका त्रियुगा नगरपालिका–८ शाहीखोला राजाबासका ३५ वर्षीय गम्भीरबहादुर दनुवार मङ्गलवार घर नजिकै मृत फेला परेका हुन्।

सुनसरी जिल्ला अदालतले २०७७ साल चैत १३ गते कर्तव्य ज्यान मुद्दामा जन्मकैदको फैसला सुनाएको दनुवार भदौ २४ गते जेल तोडफोडपछि घर फर्किएका थिए।

मङ्गलवार दिउँसो शाहीखोला राजाबासस्थित आफ्नो घर नजिकैको सिसौको रुखमा झुन्डिएको अवस्थामा दनुवारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी केदारमान दोङले जानकारी दिए।

उनका अनुसार शवलाई कानुनी प्रक्रिया पूरा गरी परिवारको जिम्मा लगाइएको छ। घटनाको कारण र परिस्थितिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार