गाजा युद्धविराम वार्ताका लागि अमेरिकी दूत कायरोमा, इजिप्ट र हमास युद्धविराम सम्झौता हुनेमा ‘आशावादी’

बुधबार, २२ असोज २०८२
सांकेतिक फाईल

गाजा युद्धलाई अन्त्य गर्ने उद्देश्यका साथ सुरू भएको वार्ताले बुधबारसम्म ‘उत्साहजनक’ सङ्केतहरू दिएको वार्तामा मध्यस्थताका लागि सहभागी इजिप्टका अधिकारीले बताएका छन् । 

वार्ता सकारात्मक रूपमा अगाडि बढ्ने सङ्केतपछि बुधबार शीर्ष अमेरिकी अधिकारी वार्तास्थलमा आइपुगेका छन् । 

इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २० बुँदे शान्ति प्रस्तावलाई वार्ताको आधार बनाइएको बताए  । 

मध्यपूर्वमा युद्ध अन्त्यका लागि अमेरिकी राष्ट्रपतिले लिएको पहलकदमीका लागि ट्रम्पको उहाँले प्रशंसा गरे । 

हमासले पनि आफ्नो शत्रु इजरायलसँग भएको अप्रत्यक्ष छलफलबाट समूह ‘आशावादी’ बनेको बताएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार