इनरुवाबाट १९७ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ

शनिबार, २५ असोज २०८२

इटहरी । सुनसरी प्रहरीले १ सय ९७ ग्राम ६ मिलिग्राम ब्राउन सुगरसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। इनरुवा नगरपालिका–४ बसपार्क चोकस्थित क्षेत्रबाट शुक्रबार साँझ प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इनरुवाबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकाको आधारमा चेकजाँच गर्दा इनरुवा–४ का ३३ वर्षीय कृष्ण कुमार मेहताको साथबाट सो लागूऔषध फेला पारेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका मेहतालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको छ। लागूऔषध दुव्र्यसन नियन्त्रणका लागि प्रहरीले पछिल्लो समय सुनसरीका विभिन्न ठाउँमा विशेष अभियान सञ्चालन गरिरहेको जनाएको छ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार