भन्सार ऐनले आर्थिक गतिविधि प्रभावित भएको भन्दै नेपाल उद्योग परिसंघ कोशी प्रदेशद्वारा संशोधनको माग

बुधबार, २४ मंसिर २०८२

विराटनगर । नेपाल सरकारले हालै लागु गरेको भन्सार ऐनले मुलुक फेरी अर्को दुर्घटनामा फस्न सक्ने भन्दै नेपाल उद्योग परिसंघ कोशी प्रदेशले संशोधनको माग गरेको छ । 

सरकारले ल्याएको अनुदार भन्सार ऐन र नीतिका कारण भन्सार एजेन्टहरू आन्दोलित बनेको र भन्सारबाट निकासी पैठारी कार्य अवरुद्ध हुँदा उद्योग व्यवसाय र दैनिक आर्थिक क्रियाकलापका साथै राजश्वमा समेतमा परेको असरलाई मध्यनजर गर्दै ऐनमा संशोधन सुधार गर्नुपर्ने उद्योग परिसंघ कोशीले माग गरेको हो ।

नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन कुमार सारडाले एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारले यही मङ्सिर २० गते देखि लागु गरेको भन्सार ऐन २०८२ का कतिपय दफाहरू भन्सार प्रतिनिधि (एजेन्ट)हरुको हकहित र पेसाप्रति असहज परिस्थिति सृजना गर्ने खालको भएको र सो ऐनको विषयलाई लिएर भन्सार एजेन्टहरूले अनिश्चित कालीन कलम बन्द गर्ने घोषणा सहित विराटनगर भन्सार कार्यालय लगायत सबै भन्सारमा कामकाज बन्द गरेको प्रति परिसंघको ध्यानाकर्षण भएको जनाइएको छ ।


विज्ञप्तिमा सरकारले लागु गर्ने कुनै पनि विषयका कानुन तथा नियमहरू सरोकारवालाहरूको संरक्षण गर्दै सम्बन्धी पक्ष मैत्री र काम गर्न सहज हुने वातावरण सृजना गर्ने प्रकृतिको हुनु पर्दछ । मुलुकको विषम आर्थिक अवस्थामा सरकार उदार अर्थनीतिको विरोधमा अनुदार भन्सार ऐन र नीति ल्याएर अघि बढेमा मुलुक फेरी अर्को दुर्घटनामा फस्न सक्ने कुरालाई मध्यनजर गर्दै भन्सार ऐन बाट सृजित समस्या तत्काल समाधान गर्न सम्बन्धित निकायलाई पहल गर्न हामी ध्यानाकर्षण गर्न चाहन्छोैं  भनिएको छ । 

त्यसैगरी  विज्ञप्तिमा भन्सार एजेन्ट महासङ्घले उठाएका मागहरू न्यायोचित छन् । कानुनमा दण्ड जरिवाना मात्र थोपरेर व्यापार व्यवसाय बढ्ने होइन दिनहुँ भन्सारबाट निकासी पैठारी कार्य अवरुद्ध हुँदा उद्योग व्यवसाय र दैनिक आर्थिक क्रियाकलाप एवं राजश्वमा समेत पर्न गएको समस्यालाई तत्काल सम्बोधन गर्दै  भन्सार ऐनमा  सुधार गर्न सरकारसँग अपिल गरिएको छ ।

Press meet Custom Agents.docx_page-0001

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार