सरस्वती–दुर्गादेवी रिजाल पुरस्कार भट्टराईलाई, प्रतिभा पुरस्कार सापकोटालाई

विहीबार, १४ बैशाख २०८०
इटहरी । सरस्वती प्रसाद–दुर्गादेवी रिजालको नाममा स्थापना गरिएको सरस्वती–दुर्गादेवी रिजाल राष्ट्रिय पुरस्कार र प्रतिभा पुरस्कार प्रदान गरिने भएको छ । अध्यक्ष विनय रिजालका अनुसार संस्कृति, साहित्य, धर्म, संस्कारका प्रकाण्ड विद्दान महेन्द्र विश्व विद्यालयका पूर्व शिक्षाध्यक्ष प्राध्यापक पं. पुरुषोत्तम भट्टराईलाई २०८० सालको सरस्वती–दुर्गादेवी रिजाल राष्ट्रिय पुरस्कारसहित सम्मान गरिने भएको हो । यस्तै, कवि वियोग सापकोटालाई प्रतिभा पुरस्कार प्रदान गरिने प्रदान गरिने भएको छ । इटहरीको रिजाल भिजन पार्टी प्यालेसमा शुक्रबार आयोजना हुने कार्यक्रममा भट्टराईलाई पुरस्कार प्रदान गरिने भएको हो । सोही अवसरमा सापकोटालाई प्रतिभा पुरस्कार प्रदान गरिने रिजालले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार