श्रीलङ्काको पर्यटन क्षेत्र बलियो हुँदै, आम्दानीमा निरन्तर वृद्धि

आइतबार, ३० कार्तिक २०८२

कोलम्बो । श्रीलङ्का केन्द्रीय बैङ्कका अनुसार सन् २०२५ का पहिलो दस महिनामा देशले पर्यटन क्षेत्रबाट झण्डै दुई अर्ब छ करोड साठ्ठी लाख अमेरिकी मुद्रा बराबरको आय प्राप्त गरेको छ, जसले अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब चार दशमलव नौ प्रतिशत वृद्धि भएको छ ।

जुन महिनामा मात्र पर्यटन आम्दानी एक सय छयासी करोडभन्दा बढी पुगेको बैङ्कले जनाएको छ । श्रीलङ्का पर्यटन विकास प्राधिकरणका तथ्याङ्कअनुसार चालु वर्षको सुरुदेखि कात्तिक २९ गतेसम्म झण्डै उन्नाइस लाखभन्दा बढी विदेशी पर्यटक श्रीलङ्का पुगेका छन्, जसमा भारत पहिलो ठूलो स्रोत मुलुक रहेको छ ।

भारतपछि बेलायत, रसिया, जर्मनी र चीन प्रमुख आगन्तुक मुलुक बनेका छन्, जहाँ प्रत्येक देशबाट एक–एक लाखभन्दा बढी पर्यटक आएका छन् । पर्यटनको पुनरुत्थानसँगै होटल, यातायात, सेवा व्यवसाय तथा स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको बताइन्छ र श्रीलङ्काले बढ्दो पर्यटनलाई आर्थिक पुनर्जीवनको महत्वपूर्ण आधारका रूपमा हेरिरहेको छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार